ललित र सन्दीपको वरियतामा सुधार

बुधबार, असोज १, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी सन्दीप लामीछाने र ललित राजवंशीको वरियतामा सुधार आएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आज सार्वजनिक गरेको टी–२० बलिङ वरियतामा वरियतामा लामीछानेले दुई स्थान सुधार गर्दा राजवंशीले पाँच स्थान सुधार गरेका छन् । जारी नयाँ वरियतामा राजवंशी ५९ स्थानमा छन्  भने लामीछाने ७७ औँ स्थानमा छन् ।

टी–२० बलिङ वरियतामा भारतका बरुण चक्रवर्ती शीर्ष स्थानमा छन् । उनले चार स्थान सुधार गर्दै ७३३ रेटिङका साथ शीर्ष स्थान कब्जा गरेका हुन् । 
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्