दिपेन्द्र सिं ऐरीको वरियता खस्कियो

बुधबार, असोज १, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिं ऐरीको वरियता खस्किएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले आज सार्वजनिक गरेको टी–२० अलराउण्डर वरियतामा ऐरी एक स्थान तल झर्दै चौथो स्थानमा आइपुगेका हुन् । यसअघि उनी तेस्रो स्थानमा थिए ।

ऐरीको स्थानमा जिम्वाबेका सिकन्दर राजा छन् । शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या तथा दोस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नावी यथावत छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्