पाकिस्तान र युएई भिड्दै 

बुधबार, असोज १, २०८२

काठमाडौँ :एसिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र युएईबिच प्रतिस्पर्धा हुदैछ ।

खेल दुबई अन्तराष्ट्रिय क्रिकेटमा राति सवा ८ बजे सुरु हुनेछ । आजको खेलमा जित्ने टोली समुह 'ए' बाट सुपर फोरमा पुग्नेछ  भने पराजित हुने टोली समुहचरणबाटै बाहिरिनेछ । समूह 'ए' बाट भारत लगातार दुई जितका साथ सुपर फोरमा पुगि सकेको छ । यसअघि गएराति भएको खेलमा बंगलादेशले एसिया कपमा अफगानिस्तानमाथि ८ रनको रोमान्चक जित हात पारेको छ ।

बंगलादेशले दिएको १ सय ५५ रनको लक्ष्य पाएको अफगानिस्तान २० ओभरमा १ सय ४६ रनमा अल आउट भयो । त्यसअघि आबुधावीमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५४ रन बनाएको थियो ।

योसँगै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच सुपर फोरमा पुग्न रोमाञ्चक समिकरण बनेको हो ।

समूह 'बी'मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल भोली अफगानिस्तानसँग खेल्नेछ । 
 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्