T10 T10

नेपालले श्रीलंकालाई हरायाे

सोमबार, भदौ ३०, २०८२
Global

काठमाडौं :दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि २–० को जित हासिल गरेको छ।

सोमबार कोलम्बोमा सम्पन्न उद्घाटन खेलमा स्ट्राइकर समीर कुमार चम्किएका थिए। उनले खेलको ५२औं मिनेटमा प्रतिश थापामगरको क्रसमा हेडरमार्फत पहिलो गोल गरे भने, इन्जुरी समयमा निश्चल मगरको पासमा व्यक्तिगत दोस्रो गोल गरे।

श्रीलंका २७औं मिनेटमै १० खेलाडीमा सीमित बनेको थियो।

यस जितसँगै नेपाल सेमिफाइनल यात्रातर्फ एक कदम अगाडि बढेको छ। नेपालले अब बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्