पहिलो हाफमा नेपाल र श्रीलंका गोलरहित बराबरीमा 

सोमबार, भदौ ३०, २०८२

काठमाडौँ :यु–१७ साफ च्याम्पियनसिप फूटबलमा अहिले नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा भईरहेको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा जारी उद्धघाटन खेलमा यो समाचार तयार पार्दा सम्म दुबै टोली गोल रहित बराबरमिा खेलिरहेका छन् । नेपाल बिरुद्ध लगातार फाउल गरेपछि श्रीलंकाका एक खेलाडी दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएका छन् ।

यो संगै श्रीलंका १० खेलाडीमा सिमित बनेको छ । प्रतियोगितामा दक्षिण एसियाका सात  राष्ट्रको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल र आयोजक श्रीलंकासँगै बंगलादेश पनि रहेको छ ।

यस्तै समूह ‘बी’ मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्