सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नामिबिया विरुद्धको पहिलो टी–२० सिरिजमा जिम्बाबेले विजयी सुरुवात गरेको छ ।
आज भएको पहिलो खेलमा नामिबियालाई ३३ रनले हराउँदै जिम्बाबेले विजयी सुरुवात गरेको हो । जितकालागि जिम्माबेले दिएको २१२ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७८ रन मात्र बनाउन सक्यो । उसकालागि जान निकोलले सर्वाधिक ३८ रनको योगदान गरे । जेन ग्रीनले ३३ तथा कप्तान गिराट इरास्मसले २६ रन बनाए ।
त्यसअघि क्वीन स्पोर्टस क्लब बुलाओमा टस हारे पहिले ब्याटिङमा तानिएको जिम्बाबेले निर्धारित ओभरमा ३ विकेट गुमाएर २११ रन बनाएको थियो । उसकालागि ब्रायन बेननटले सर्वाधिक ९४ रन जोडे । दोस्रो टी–२० आगामी मंगलवार हुनेछ । टी–२० विश्वकप अफ्रिका छनौटको तयारी स्वरुप यी दुई टोलीले तीन खेलको सिरिज खेल्न लागेका हुन् ।
टी–२० विश्वकप अफ्रिका छनौट आगामी सेप्टेम्बर २६ बाट जिम्बाबेमा सुरु हुनेछ ।