लिभरपुललाई शीर्षमा पुग्ने अवसर 

आइतबार, भदौ २९, २०८२

काठमाडौँ :इङलिस प्रिमियर लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन् ।

इङ्ल्याण्डको टर्फमुरमा नेपाली समयअनुसार साँझ पौने ७ बजे हुने खेलमा लिभरपुल र बर्नेलीबीच प्रतिस्पर्धा हुँदैछ । ९ अंक सहित तेस्रो स्थानमा रहेको लिभरपुल आज लगातार चौथो जित निकाल्दै शीर्ष स्थानमा उक्लने दाउमा छ ।

आजै राती सवा ९ बजे हुने खेलमा म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सीटीबीच प्रतिस्पर्धा हुँदैछ । युनाइटेड ४ अंक सहित ११ औँ स्थानमा छ भने ३ अंकको सीटी १६ औँ स्थानमा छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्