T10 T10

 काभा महिला भलिबल लिग स्थगित

आइतबार, भदौ २९, २०८२
Global

काठमाडौँ :नेपालमा पहिलोपटक आयोजना हुन लागेको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।

शनिबार बसेको काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको भर्चुअल बैठकले प्रतियोगिता रोक्ने निर्णय गरेको हो।

लिग यही नोभेम्बर १५ देखि २२ सम्म काठमाडौंमा हुने तय भएको थियो। तर, जेनजी आन्दोलन र त्यसपछि बनेको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गरिएको काभाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्