सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एसिया कप टी–२० क्रिकेटमा आज समूह 'ए' का भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल राति सवा ८ बजे दुबईमा सुरु हुनेछ । यो खेलअघि भारतमा भने व्यापक विरोध भएको छ । गत अप्रिलमा पहलगाम आक्रमण भएपछि मे महिनामा भारत र पाकिस्तानबीच तनाव बढेको थियो ।
आतंकवादविरुद्ध भन्दै भारतले अपरेशन सिन्दुर सुरु गर्दै पाकिस्तानमाथि आक्रमण गरेको थियो । अहिले भारतीय क्रिकेट प्रेमीहरु पाकिस्तानसँग क्रिकेट खेल्न नहुने भन्दै विभिन्न ठाउँमा प्रदर्शनसमेत सुरु गरेका छन् । तर अधिकारीहरुले एसीसी तथा आईसीसीले गर्ने टुर्नामेन्टहरुमा भाग लिनुपर्ने बाध्यता रहेको भन्दै माहोल शान्त बनाउने प्रयास गरेका छन् ।
भारत र पाकिस्तानबीच सन् २०१२/१३ मा अन्तिमपटक दुईपक्षीय सिरिज भएको थियो । त्यसयता दुवै देशबीच केवल एशिया कप, वानडे विश्वकप र टी–ट्वेन्टी विश्वकप जस्ता विश्व वा महादेशीय प्रतिस्पर्धामा मात्र प्रतिपस्र्धा भएको छ ।
एसिया कपमा यी दुवै टोलीले आफ्नो पहिलो खेलमा जित निकाल्दै समान २ अंक जोडेका छन् । भारतले युएई र पाकिस्तानले ओमानविरुद्ध प्रभावशाली जित निकालिसकेका छन् ।