सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आर्सनल इङलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
इङल्याण्डको इमिरेट्स स्टेडियममा शनिवार साँझ भएको खेलमा नटिङ्घम फरेष्टलाई ३–० ले हराउँदै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा मार्टिन जुबिमेन्डीले दुई तथा भिक्टर ग्योकेरेसले एक गोल गरे ।
खेलको ३२ औँ मिनेटमा जुबिमेन्डीको गोलबाट अग्रता बनाउको थियो । खेलको ४६ औँ मिनेटमा ग्योकेरेसले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ७९ औँ मिनेटमा जुबिमेन्डीले ब्यक्तिगत दोस्रो गोल गरे ।
जितसंगै आर्सनलले १० अंक जोडेको छ ।