नेपाल आमा रोइरहेको छ मैले केहि गर्न सकिँन :अञ्जन विष्ट

शनिबार, भदौ २८, २०८२

काठमाडौ :जेनजी आन्दोलनका क्रममा ५१ जना भन्दा बढीको मृत्यु हुनुका साथै सम्पूर्ण सरकारी कार्यलयहरु जलेर खर्बौको नोक्सान भएपछि राष्ट्रिय खेलाडी फुटबल खेलाडी अञ्जन विष्टले बंगालादेशबाट भावुक सन्देश लेखेका छन् । देशमा केहि गरी खाने बातावरण नहुँदा एक छाक टार्न बिदेशी भुमिमा खेल्न पुुगेको स्मर गराउँदै उनले भनेका छन् ।
देश संकटमा छ । सडकमा युवाहरू सहिद भइरहेका खबर सुन्दै राष्ट्रिय फुटबल खेलाडी अञ्जन विष्टले सामाजिक सञ्जालमार्फत आफ्ना भावनाहरू व्यक्त गरेका छन्। उनले आफ्नो पोस्टमा भनेका छन्,
“के भन्नु दुर्भाग्य, मेरो नेपाल आमाले रोइरहनु भएको छ। देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ। अन्जान युवाहरू सुनौलो भविष्यको आशा बोकेर सडकमा बलिदान दिएर सहिद भएका छन्। मलाई पनि कहाँ इच्छा थियो र मेरो नेपाल आमालाई रोइरहेको देख्ने? कस्को श्राप लाग्यो मेरो नेपाल आमालाई? मलाई माफ गर्नुहोस्, मैले केही सहयोग गर्न सकिनँ।”

अञ्जनले आफू देशको राष्ट्रिय फुटबल खेलाडी भए पनि लामो समयदेखि लिग नचल्दा बाध्यतावश छिमेकी मुलुक बङ्लादेश गएर खेल्नुपरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्,

“दुई छाक टार्न र बाबा–आमाको सपना पूरा गर्न अरूको देशमा आइपुगेको छु। सम्पूर्ण खेलाडी अहिले बेरोजगार भएको अवस्थामा छन्। मेरो बिन्ती छ, एन्फालाई—अब चाहिँ फुटबलको लिग ब्याक गराउने वातावरण चाँडो भन्दा चाँडो गरियोस्। म अवश्य फर्केर देशको लागि केही गर्नेछु।”
अन्त्यमा, अञ्जनले सडकमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर कामना गरेका छन्।
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्