सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :जेनजी आन्दोलनका क्रममा क्रिकेट खेलाडीले पनि ज्यान गुमाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको मृत्यु भएको जनाएको छ । क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
क्यानले देशमा विकसित भएको घटना क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्णमा श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।