एसिया कप:पाकिस्तानले ओमानलाई हरायो

शनिबार, भदौ २८, २०८२

काठमाडौँ :एसिया कप टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तानले ओमानविरुद्ध फराकिलो जित निकालेको छ ।

शुक्रवारराती दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेको हो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

जवाफमा ओमानले पूरै विकेट गुमाउँदै १४ ओभरमा १६० रन बनाएको थियो । टस जितेर पहिले खेलेको पाकिस्तानले साम अयुब शुन्यमा आउट भएपछि झट्का बेहोर्नु पर्यो । त्यसपछि मोहम्मद हरिस ६६, शाहबा जादा फरहान २९ र फखर जमानले २३ रन बनाएका थिए ।

ओमानका लागि शाह फैसल र आमिर कलीमले ३, ३ विकेट लिए । जवाफमा ओमानका कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् र सम्पूर्ण टोली ६७ रनमा अलआउट भयो । पाकिस्तानका साम अयुब, सुफियान मुकीम र फहीम अशरफले २, २ विकेट लिए ।
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्