बाङ्लादेश फुटबल टोली स्वदेश फर्कियो

बिहीबार, भदौ २६, २०८२

काठमाडौं :नेपाल र बाङ्लादेशबीच मैत्रीपूर्ण फुटबल खेल्न आएको बाङ्लादेशको राष्ट्रिय टोली बिहीबार स्वदेश फर्किएको छ।

टोली बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएको हो। टोली मंगलबार नै स्वदेश फर्कनुपर्ने भए पनि विमानस्थल बन्द भएका कारण अलपत्र परेको थियो।

जेन-जी आन्दोलनका कारण निर्धारित दोस्रो मैत्रीपूर्ण खेल रद्द भएपछि टोली निर्धारित समयभन्दा ढिलो स्वदेश फर्किएको हो।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्