एसिया कपमा आज भारत र युएई भिड्दै

बुधबार, भदौ २५, २०८२

काठमाडौँ :एसिया कप क्रिकेटमा आज भारत र युएईबीच प्रतिस्पर्धा हुने भएको छ ।

युएइको घरेलु मैदानमा हुने भारतबिरुद्धको खेल नेपाली समय अनुसार राती सवा ८ बजे सुरु हुनेछ । भारतीय टोली सुर्यकुमार कप्तानीको नेतृत्वमा मैदान उत्रने छ । भारत पहिलो खेलबाट जित निकाल्न चाहान्छ ।

टी–२० फर्याम्याटमा जारी प्रतियोगितामा ८ टोली सहभागि छन् । समुह 'ए' मा अफगानिस्तान,हङकङ,बंगालादेश र श्रीलंका रहेका छन् । यस्तै समुह 'बी' मा भारत ओमान पाकिस्तान र युएई छन् । हिजो भएको उदघाटन खेलमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ ।

हङकङलाई ९४ रनले हराउँदै अफगानिस्तानले बिजयी सुरुवात गरेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्