सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :पोखरामा जारी एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको खेलमा मधेश युनाइटेडलाई ३–१ को सेटमा हराउँदै काठमाडौंले पहिलो जित निकालेको हो । काठमाडौँले पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट २३–२५ ले गुमायो । तर तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौं विजयी भएको हो ।
काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए ।