जिम्बाब्वेले श्रीलंकालाई ५ विकेटले हरायो

आइतबार, भदौ २२, २०८२

काठमाडौँ:हरारेमा भएको दोस्रो टी–२० खेलमा जिम्बाब्वेले श्रीलंकालाई ५ विकेटले पराजित गर्दै तीन खेलको सिरिज १–१ बराबरीमा ल्याएको छ।

शनिबार टस जितेर फिल्डिङ रोजेको जिम्बाब्वेले श्रीलंकालाई १९ ओभरमै मात्र ८० रनमा अलआउट गर्‍यो। श्रीलंकाबाट कमिल मिशारा २०, कप्तान चरिथ असलंका १८ र दासुन शनाका १५ रन मात्रै बनाउन सके। बाँकी सबै ब्याट्सम्यान दोहोरो अंकमै पुग्न असफल रहे।

जिम्बाब्वेका कप्तान सिकन्दर रजा र ब्र्याड इभान्सले ३–३ विकेट लिँदा ब्लेसिङ मुजारबानीले २ तथा सीन विलियम्सले १ विकेट लिए।

८१ रनको सामान्य लक्ष्य पछ्याउँदै उत्रिएको जिम्बाब्वेले १४.२ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। रेयान बर्लले २० तथा तशिंगा मुसिक्वाले अविजित २१ रन बनाए।

श्रीलंकाका दुष्मन्त चमीराले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए तर टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि सिरिजको पहिलो खेल श्रीलंकाले ४ विकेटले जितेको थियो।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्