सिरियासँग पराजित हुँदै नेपाल एएफसी यू–२३ छनोटबाट बाहिरियो

शनिबार, भदौ २१, २०८२

काठमाडौँ:एएफसी यू–२३ एसियन कप छनोटको खेलमा नेपाल सिरियासँग ४–२ ले पराजित भएको छ।

खेलको २६औँ मिनेटमा मोहम्मद अलमुस्ताफाले सिरियालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ५६औँ मिनेटमा निराजन धामी र ६६औँ मिनेटमा सुमित श्रेष्ठको गोलमार्फत २–१ को अग्रता लिएको थियो।

तर ७३औँ मिनेटमा अली अलरिनाले खेल बराबरी गरे। त्यसपछि ८१औँ मिनेटमा महमुद अलसवाद र अन्तिम मिनेटमा महमुद नाएफले गोल गर्दै सिरियालाई ४–२ को जित दिलाए।

यस हारसँगै नेपालको एएफसी यू–२३ एसियन कपको यात्रा समाप्त भएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्