नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा टुंगियो

शनिबार, भदौ २१, २०८२

काठमाडौँ :नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुबै टोलीले गोलका केही अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । नेपालले अब आउँदो मंगलबार बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्नेछ । उक्त खेल दशरथ रंगशालामै  बेलुका ५ः३० बजे सुरु हुनेछ । उक्त खेलमा दुबै टोली बराबरीमा रोकिएमा खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिनेछ ।

फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्