सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इन्टर मियामीका स्टार स्ट्राइकर लुइस सुआरेजमाथि ६ खेलको प्रतिबन्ध लागेको छ ।
विश्वकपका बेला खेलाडीलाई टोकेपछि प्रतिबन्ध खेपेका उनी अहिले साउन्डर्सको एक स्टाफलाई थुकेपछि प्रतिबन्धमा परेका हुन् । आयोजक समितिले उनलाई ६ खेलको प्रतिबन्धसहित जरिवाना समेत सुनाएको छ ।
गत अगस्ट ३१ मा सिएटल साउन्डर्सविरुद्धको उपाधि भिडन्तमा मियामी ०–३ ले पराजित भएको थियो। खेल सकिएलगत्तै मैदानमा विवाद चर्कियो। त्यही क्रममा सुआरेजले साउन्डर्सको एक स्टाफतर्फ थुकेका कारण उनी प्रमुख दोषी ठहरिए ।
झगडामा संलग्न साउन्डर्सका प्रशिक्षक स्टाफ स्टीभन लेनहार्टलाई पनि ५ खेलको सजाय दिइएको ।