पहिलो हाफमा नेपाल र बंगलादेश गोलरहित बराबरीमा

शनिबार, भदौ २१, २०८२

काठमाडौँ:नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल अहिले जारी छ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा जारी खेलको पहिलो हाफमा दुबै टोली गोलरहित बराबरीमा खेलिरहेका छन् । नेपाल र बंगलादेशले सुनौलो अवसर पाएपनि गोल गर्न सकेनन् । नेपाल र बंगालादेशबीच अहिलेसम्म २४ खेल भएका छन् ।

जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेलमा जित निकाल्दा ३ खेल बराबर भएका छन् ।  

फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्