सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी भरत खवासले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने भएका छन् ।
साढे १७ वर्षसम्म राष्ट्रिय टोलीका लागि योगदान पु¥याएका भरतले दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने भएका हुन् । मोरङको सुन्दरहरैंचाका भरत एन्फा एकेडेमीको दोस्रो ब्याचका खेलाडी हुन्। उनले सन् २००८ मा पाकिस्तानविरुद्ध डेब्यु खेलमै गोल गरेका थिए। त्यसयता उनले ६६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने ७ खेलमा कप्तानीको जिम्मेवारीसमेत सम्हालेका छन्।
खवासले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध गरेको ‘फ्रन्टरोल सेलिब्रेसन’, जोर्डनविरुद्ध वर्षामै गरेको गोल, इस्ट टिमोरविरुद्धको ह्याट्रिक र सोलिडारिटी कपको उपाधि नेपालको फुटबल इतिहासमा स्मरणीय बनेका छन् ।
संन्यासबारे बोल्दै भरतले भनेका छन् — “राष्ट्रिय टोलीमा अब युवा खेलाडीलाई मौका दिनुपर्छ। लामो करिअरपछि दशरथ रंगशालामै अन्तिम खेल खेल्न पाउनु मेरो लागि गर्वको विषय हो।” मंगलबारको खेलसँगै भरत खवासको अन्तर्राष्ट्रिय करिअर अन्त्य हुँदैछ ।