यी हुन महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने दश टोली

शनिबार, भदौ २१, २०८२

काठमाडौँ :महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने दश टोलीको टुंगो लागेको छ ।

अफ्रिकी क्षेत्रीय छनौटबाट जिम्बाले युगान्डा तथा नामिबियाले तान्जानियालाई हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाएका हुन् । फाइनल खेल आज हुनेछ । नेपालमा हुने ग्लोबल क्वालिफायरमा यसअघिनै बंगलादेश, आयरल्याण्ड, स्कटल्यान्ड, नेदरल्याण्ड्स, थाइल्यान्ड, नेपाल र अमेरिकासहित आठ टोली पुगिसकेका थिए ।

नवौँ र दशौँ टोलीका रुपमा जिम्बावे र नामिबिया पूर्वी एसिया–प्रशान्त क्षेत्रको विजेता रहनेछन् । ग्लोबल क्वालिफायर आगामी जनवरी १२ देखि फेब्रुअरी २ सम्म काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा हुने छ । दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ ।

जसमध्ये सेमिफाइनल पुग्ने चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने महिलाको टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्