T10 T10

एनपीएल ट्रफी टुर विराटनगरबाट सुरु

शनिबार, भदौ २१, २०८२
Global

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणलाई देशव्यापी उत्साहसँग जोड्न ‘ट्रफी टुर’ सुरु हुने भएको छ।

क्यानले शुक्रबार राजधानीमा विशेष कार्यक्रम गरेर टुरको घोषणा गरेको हो। शनिबार विराटनगरबाट प्रारम्भ हुने ट्रफी यात्रा क्रमशः जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी र सुर्खेत हुँदै कैलालीमा टुंगिनेछ।

घोषणा कार्यक्रममा क्यानका सचिव पारस खड्काले यस संस्करणलाई अझ भव्य बनाउन लागिएको बताए। त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एनपीएलले नेपालको खेलकुद प्रतिष्ठा बढाइरहेको भन्दै ट्रफी टुरले उत्साह थप्ने विश्वास व्यक्त गरे।

मंसिर १ देखि २७ गतेसम्म हुने प्रतियोगिताका लागि खेलाडी अक्सन सकिएको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्