एभरेष्ट महिला भलिबल कर्णाली र ललितपुर विजयी

शुक्रबार, भदौ २०, २०८२

काठमाडौँ :एभरेष्ट महिला भलिबलमा कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुवात गरेका छन् ।

पोखराको कभर्डहलमा आज भएको उद्घाटन खेलमा पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा हराउँदै कर्णालीले सहज जित निकालेको हो । कर्णालीले पोखराविरुद्ध  २५–२१, २५–२०, २५–१४ को जित निकालेको हो ।

आजै भएको दोस्रो खेलमा ललितपुर क्विन्सले मधेष युनाइटेडमाथि सोझो सेटमा जित निकालेको छ । ललितपुरले मधेषमाथि २५–१७,  २५–१३ तथा २५–१९ को सहज जित निकालेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्