सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल श्रृंखला भोलिदेखि सुरु हुँदैछ ।
श्रृखलाअघि आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले प्रतियोगिता सजत्नकै लागि खेल्ने बताएका छन् । यस श्रृंखलालाई सामान्य मैत्रीपूर्ण खेलका रूपमा नभई महत्वपूर्ण तयारीको अवसरका रूपमा समेत लिएको उनले बताए । घरेलु दर्शकको अगाडि खेल्दा उत्कृष्ट प्रतिस्पर्धा हुने र जित्नेमा विश्वास पनि उत्तिकै रहेको उनको दाबी छ ।
कप्तान किरण चेम्जोङले पनि टोलीको तयारीबारे सकारात्मक धारणा व्यक्त गरेका छन्। आफुले अधिकांश प्रशिक्षणहरूमा भाग लिन नपाएपनि टोली पूर्ण रूपमा फिट रहेको बताउका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेल भोलिसाँझ ५ः३० बजे दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल मंगलबार हुनेछ ।
नेपाल र बंगलादेशबीच हुने दुई खेलको समग्र नतिजाका आधारमा विजेता घोषणा गरिनेछ । यदि दुवै खेल बराबरीमा सकिएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ ।