नेपाल ‘ए’ले जित्यो आसाम विरुद्दको टी–२० सिरिज

सोमबार, भदौ १६, २०८२

काठमाडौँ :आसाम विरुद्धको टी–२० सिरिज नेपाल ‘ए’ ले हात पारेको छ । आज भएको पाँचौ तथा अन्तिम खेलमा आसामलाई ४४ रनले हराउँदै नेपाले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको हो ।

जितकालागि नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको घरेलुटोलीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६४ रन मात्र बनाउन सक्यो । उसकालागि मिन्ले सर्वाधिक ९८ रनको योगदान गरेपनि टोलीलाई जित दिलाउन सकेन ।

त्यसअघि गुवाहाटीमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ‘ए’ले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । नेपालकालागि सन्दीप जोराले सर्वाधिक ६४ रनको योगदान गरे ।

शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन जोडे । आदिल आलमले अविजित २५ रन जोडे । 
 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्