नेपाल ‘ए’ र आसामबीचको अन्तिम टी–२० आज

सोमबार, भदौ १६, २०८२

काठमाडौँ :नेपाल ‘ए’ र आसाम प्रदेश क्रिकेट सङ्घबिच जारी टी–२० सिरिजको अन्तिम खेल आज हुँदैछ ।

गुवाहटीस्थित वर्षापारा क्रिकेट मैदानमा घरेलु टिम आसामले हिजो चौथो टी–२० खेलमा नेपाल ‘ए’ लाई १८ रनले हरायो । यस नतिजासँगै शृङ्खलामा २–२ को बराबरी भएको छ । सिरिजको पाँचौं तथा निर्णायक खेल आज साँझ पाँच बजे सुरु हुनेछ । यसअघि पहिलो खेल १५ रनले गुमाएको नेपालले दोस्रो खेल ९६ र तेस्रो खेल नौ रनले जितेको थियो । चौथो खेलमा हिजो पराजित भयो ।

हिजोको खेलमा पहिले ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रन बनाएको थियो । नेपालले जवाफमा नौ विकेटको क्षतिमा १५६ रन मात्र बनाउन सक्यो । सिरिज जित्न आजको खेल जित्नैपर्ने दबाबमा नेपाल छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्