नेपाल विरुद्द भुटानले फर्कायो बराबरी गोल

आइतबार, भदौ १५, २०८२

काठमाडौँ :यु-१७ साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र भुटानबीचको खेल बराबरीमा चलिरहेको छ ।

भुटानको चाङ्लिमिथाङ रंगाशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भुटानको खेल १–१ गोलको बराबरी चलिरहेको छ । नेपालकालागि खेलको १४ औँ मिनेटमा बर्तिका कार्कीले गोल गर्दै अग्रता लिएपनि पहिलो हाफको इन्जुरी समयमा भुटानकी सोनाम याङचेनले बराबरी गोल फर्कायो ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले गोल किपर दिक्षा रायमाझीलाई पहिलो पटक मौका दिएका छन् ।

दुवै टोली आज जितका साथ प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ । 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्