सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:नेपाली मिडफिल्डर प्रीति राई आबद्ध इत्तिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पहिलो जित हात पारेको छ ।
मलेसियाको हाङ जेबात रंगशालामा बिहीबार भएको खेलमा इत्तिहादले सड्युशोर एसआई–एसिया गोललाई ३–१ ले पराजित गरेको हो ।
यस जितसँगै इत्तिहादले दुई खेलमा ३ अंक जोडेको छ । समूहको पहिलो खेलमा इत्तिहाद लायन सिटीसँग २–० ले पराजित भएको थियो भने एसिया गोलले केलाना युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।
इत्तिहादको जितमा युजेनिया टेटेहले दुई तथा सिडालिया कुटाले एक गोल योगदान गरिन् । एसिया गोलका लागि एक मात्र गोल बाक्तिगुल टोक्तोबोलोटोभाले फर्काइन् ।
खेलको ४७औँ मिनेटमा कुटाले गोल गर्दै इत्तिहादलाई अग्रता दिलाइन् । त्यसपछि ५८ र ६५औँ मिनेटमा टेटेहले लगातार प्रहार गर्दै स्कोर ३–० मा पुर्याइन् ।
७१औँ मिनेटमा बाक्तिगुलले गोल गर्दै एसिया गोललाई खेलमा फर्काउने प्रयास गरिन् । अब समूह चरणको अन्तिम खेलमा इत्तिहादले आइतबार केलाना युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।