सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो अष्ट्रेलिया भ्रमणको पहिलो अभ्यास खेलमा साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ।
साउथ अष्ट्रेलियाले नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याउँदै निर्धारित २० ओभरमै सात विकेटको क्षतिमा विजय हासिल गर्यो।
साउथ अष्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन जोडे। त्यस्तै होगेनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रनको योगदान दिए।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी सर्वाधिक सफल रहे। उनले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट र कप्तान रोहितकुमार पौडेलले १ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रनको योगदान दिए।
साउथ अष्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मनेन्टीले समान २–२ विकेट लिए भने म्याकफाडेन र मेन्जिसले १–१ विकेट हात पारे।