hERO hERO

नेपालले दियो अस्ट्रेलियन टोलीलाई  १ सय ४७ रनको

बिहीबार, भदौ १२, २०८२

काठमाडौँ :नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटीविरुद्ध  १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रनको योगदान गरे ।  दिपेन्द्र सिंह ऐरीले २६ तथा आसिफ शेखले २२ रन जोडे ।

यसअघि भएका दुई खेलमा लगातार जित निकालेको नेपाल एसिटीलाई हराउँदै श्रृखंला जित्ने दाउमा छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्