सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोली अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटीविरुद्ध चौथो टी–२० अभ्यास खेल खेल्ने भएको छ ।
यसअघि भएका दुई खेलमा लगातार जित निकालेको नेपाल भोली एसिटीलाई हराउँदै श्रृखंला जित्ने दाउमा छ । यी दुई टोलीबीचको खेल भोली बिहान सवा ५ बजे हुनेछ । त्यसलगत्तै सवा ९ बजे दोस्रो खेल खेल्ने तालिका छ ।श्रृखंलाको पाँचौ तथा अन्तिम खेल आगामी शनिवार हुनेछ ।
पहिलो अभ्यास खेलमा एसिटीलाई ४१ रनले हराएको नेपालले दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।