सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भक्तपुरमा बन्ने अत्याधुनिक रंगाशाला निर्माणकालागि सूर्यविनायक नगरपालिकालेसैद्धान्तिक सहमति जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीुको पहलमा सूर्यविनायक नगरपालिका रङ्गशाला निर्माणका लागि सैद्धान्तिक सहमति भएको हो । नगरपालिकाको वडा नम्बर ८ मा अवस्थित करिब २०० रोपनी जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराइनेछ ।
आज नगरपालिका प्रमुख बासु थापाले सिफारिसपत्र एन्फा महासचिव किरण राईलाई हस्तान्तरण गरेका छन् । उक्त रंगाशला ५०,००० दर्शक क्षमता भएको हुनेछ ।
रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक फुटबल स्टेडियमको रूपमा विकास गर्ने सरकारको योजना छ ।