hERO hERO

बंगालादेशसंग पराजित भयो नेपाल

बुधबार, भदौ ११, २०८२

काठमाडौँ: यु-१७ साफ महिला च्याम्पियनसिप जित्ने नेपालको सम्भावना टुंगिएको छ ।

आज भएको खेलमा बंगालादेशसंग पराजित भएपछि नेपालको उपाधि यात्रामा पूर्ण बिराम लागेको हो । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज सम्पन्न खेलमा नेपाल बंगालादेशसंग ४–१ गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशको जितमा सौरभी प्रितिले ह्यट्रिक गोल गरिन् । थुनुए मार्माले एक गोल थपिन् । नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्