सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आन्तरिक राजनीति किचलो र कमजोर ब्यबस्थापनकै कारण दशरंगाशाला फेरि खेल्न अयोग्य बनेको छ ।
एएफसीको टोलीले हालै गरेको निरिक्षणका क्रममा फ्लड लाइट, पानीको निकाश तथा प्रवेश–निस्कासन हुनेद्धारमा सुरक्षा व्यवस्थालगायत विषयमा गम्भीर कमजोरी देखिएपछि एएफसीले अझै रंगाशालामा अन्तराष्ट्रिय प्रतियोगिता नगर्न भनेको हो ।
जसका कारण नेपालले आगामी अक्टोबर १४ मा भियतनाम र नोभेम्बर १८ मा मलेसियासँग हुने भनिएको घरेलु खेल तटस्थ मैदानमा खेल्नुपर्नेछ । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत सन् २०२३ नोभेम्बरमा यमनविरुद्ध खेलेयता दशरथ रंगशालामा कुनै पनि अन्तर्राष्ट्रिय पुरुष खेल हुन सकेको छैन ।