hERO hERO

दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

मंगलबार, भदौ १०, २०८२

काठमाडौँ :नेपालले टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटीविरुद्ध लगातार दोस्रो जित निकालेको छ ।

पहिलो अभ्यास खेलमा एसिटीलाई ४१ रनले हराएको नेपालले दोस्रो खेलमा ६ विकेटको जित हात पारेको हो । जितका लागि पाएको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको क्षतीमा पुरा गर्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन गर्दै अविजित ४२ रन बनाए । गुलशन झाले २३ रन जोडे । त्यसअघि पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाएको थियो ।

नेपालको लागि दीपेन्द्रसिंह ऐरी र सहाब अलामले समान ४ विकेट लिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्