सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल क्रिकेट टोलीले पहिलो तयारी टी–२० खेलमा विजयी सुरुवात गरेको छ ।
आज भएको खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई ४१ रनले पराजित गरेको हो । जितकालागि नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटीले १७.२ ओभरमा सवै विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । एसीटीलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामीछानेले सर्वाधिक ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन जोडेको थियो ।नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ तथा कप्तान रोहित पौडेलले पनि ३६ रन जोडे।