सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल क्रिकेट टोलीले पहिलो तयारी टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन जोडेको हो।नेपालका लागि ओपनर आसिफ शेख चम्किए। उनले ३८ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ६९ रनको आक्रामक इनिङ खेले। कप्तान रोहित पौडेलले पनि ३६ रन जोडे। नेपालको यो अभ्यास श्रृंखला टप एन्ड टी–२० सिरिजपछि सुरु भएको हो। सिरिजमा नेपाल ११ टोलीमध्ये आठौं स्थानमा सीमित भएको थियो। नेपालले आजै दोस्रो टी–२० खेल्नेछ। यस्तै, २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाविरुद्ध थप दुई टी–२० र एकदिवसीय खेल पनि तय भएको छ। आगामी विश्वकप छनोटलाई लक्षित गर्दै गरिएको यो अस्ट्रेलिया भ्रमणलाई नेपाल क्रिकेटका लागि महत्वपूर्ण तयारीको अवसरका रूपमा हेरिएको छ।