hERO hERO

बंगलादेशसंग हार्‍यो नेपाल

आइतबार, भदौ ८, २०८२

काठमाडौँ : साफ यु-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाल बंगलादेशसंग पराजित भएको छ ।

भुटानको थिम्पुमा आज भएको खेलमा नेपाल बंगालादेशसंग ३–० ले पराजित भएको हो । पहिलो हाफमा २–० ले अग्रता बनाएको बंगालादेशले खेलको इन्जुरी समयमा थप एक गोल थप्यो । बंगालादेशको जितमा थिनयुन मार्मा,अकान्डा प्रिती र मामोना चक्माले गोल गरिन् ।

बंगलादेशका खेलाडीहरूको आधा दर्जन प्रहार भने नेपालकी गोल किपर लक्ष्मी ओलीले बचाएकी थिइन् ।

बङ्गलादेशले भुटानलाई ३–१ ले हराउँदा भारतसँग २–० को हार भोगेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्