hERO hERO

टप एन्ड टी–२० सिरिज पर्थ स्कोर्चर्सलाई

आइतबार, भदौ ८, २०८२

काठमाडौँ :टप एन्ड टी–२० सिरिजको उपाधि पर्थ स्कोर्चर्स एकेडेमीले जितेको छ ।

आज भएको फाइनलमा एडिलेड स्ट्राइकर्सलाई १५ रनले हराउँदै  पर्थले उपाधि उचालेको हो । जितकालागि पर्थले दिएको २०६ रनको लक्ष्य पछ्याएको एडिलेडले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९० रनमा समेटियो । उसकालागि म्याकेन्जी हार्भीले सर्वाधिक ८३ रनकोे योगदान गरे । ह्यारी मानेन्तीले ६० रनको बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको पर्थले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०५ रन बनाउको थियो । उसकालागि बाक्सटर होल्टले ११४ रनको विस्फोटक शतक प्रहार गर्दा कप्तान टिग वालीले अविजित ५६ रन बनाए । यसअघि सेमिफाइनलमा पर्थले पाकिस्तान शाहीन्सलाई पराजित गरेको थियो ।

एडिलेडले शिकागो किङ्समेनलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्