hERO hERO

अफगानिस्तान र बंगलादेशले यूएईमा सिरिज खेल्ने

आइतबार, भदौ ८, २०८२

काठमाडौँ :एशिया कप सकिएलगत्तै अफगानिस्तानले बंगलादेशसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ ।

एसिया कप सकिएको चार दिनपछि हुने यो सिरिजमा ३ टी–२० र ३ एकदिवसीय (ओडीआई) खेल समावेश छन् । 

टी–२० खेल :अक्टोबर २, ३ र ५

ओडीआई खेल :अक्टोबर ८, ११ र १४

खेल कहाँ हुने भन्ने स्थान भने अफगानिस्तान क्रिकेट बोर्डले अझै सार्वजनिक गरेको छैन । तर युएईमा हुने सम्भावना उच्च छ । यो सिरिज यसअघि जुलाईमा भारतको नोएडामा हुने भनिए पनि मौसम र तालिका व्यस्तताका कारण स्थगित गरिएको थियो ।

अफगानिस्तान र बंगलादेशबीचको प्रतिद्वन्द्विता चर्किँदै गएको छ। अहिलेसम्म खेलेका चार ओडीआई सिरिजमा दुवैले २–२ पटक जितेका छन्। टी–२० सिरिजमा पनि दुवै बराबरी अवस्थामा छन्।
 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्