hERO hERO

रोनाल्डोको टोली पुनः उपाधिविहीन

आइतबार, भदौ ८, २०८२

काठमाडौं :क्रिस्टियानो रोनाल्डोको टोली अल नसर तेस्रो वर्ष पनि उपाधिविहीन बनेको छ।

साउदी सुपर कपको फाइनलमा अल अहलीसँग २–२ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको हो।

हङकङमा सम्पन्न रोमाञ्चक खेलमा अल अहलीले दुईपटक पछि परेको अवस्थाबाट फर्किंदै २०१६ पछि पहिलो सुपर कप उपाधि हात पारेको छ। पेनाल्टी सुटआउटमा अल नसरका अब्दुल्लाह अल–खैबारीको प्रहार अल अहलीका गोलकिपर एडुआर्ड मेन्डीले रोक्दा निर्णायक क्षण बनेको थियो। त्यसपछि वेन्डरसन गालेनोले विजयी पेनाल्टी गोल गरेका थिए।

खेलको ४१औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै अल नसरलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्त्यतिर फ्रयांक केस्सीईले बराबरी गोल फर्काए।

दोस्रो हाफमा ८२औँ मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै अल नसरलाई पुनः अग्रता दिलाए पनि ९०औँ मिनेटमा रियाद महरेजको कर्नरमा रोजर इबानेजले हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले।

सुटआउटमा रोनाल्डोले आफ्नो प्रहार सफल बनाए पनि टोलीले उपाधि जित्न सकेन। यो पराजयसँगै रोनाल्डोको अल नसरले दोस्रो ट्रफी जित्ने प्रयास फेरि असफल भएको छ। उनले क्लबका लागि हालसम्म २०२३ को अरब क्लब च्याम्पियन्स कप मात्रै जितेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्