सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ५:४५ बजे सुरु हुनेछ। यसअघि आजै दिउँसो २:४५ बजे भारत र भुटानबीच खेल हुनेछ।
नेपालले समूह चरणमा भारतसँग ७–० ले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो। त्यस्तै, बंगलादेशले पहिलो खेलमा भुटानलाई ३–१ ले हराए पनि दोस्रो खेलमा भारतसँग २–० ले हार मानेको थियो।
अगस्ट ३१ सम्म चल्ने यो च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोलीले सहभागिता जनाएका छन्। डबल राउण्ड-रोबिन ढाँचामा हुने प्रतिस्पर्धामा हरेक टोलीले दुई–दुई खेल खेल्नेछ। अन्तिममा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
नेपालले आगामी खेलहरूमा अगस्ट २७ मा बंगलादेश, अगस्ट २९ मा भारत र अगस्ट ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ।
नेपाली टोली
गोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली, गङ्गा गुरुङ
डिफेन्डर: दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु विक
मिडफिल्डर: डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की, सिर्जना बडुवाल
फरवार्ड: अस्मिता मगर, यम कुमारी विक, अनिता राना मगर, दिक्षा रानपाल