सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सीटी ,टोटनह्याम हटस्परसंग स्तब्ध बनेको छ ।
इत्तिहास स्टेडियममा आज साँझ भएको खेलमा म्यान्चेस्टर सीटी, टोटनह्यामसंग २–० गोलले स्तब्ध बनेको हो । खेलको ३५ औँ मिनेटमा ब्रन्नान जोन्सनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर जोआउ पाल्हिन्हाले टोटनह्यामकालागि दोस्रो गोल गरेका थिए । त्यसपछि दोस्रो हाफमा थप गोल हुन नसकेपछि टोटनह्याम २–० ले विजयी भएको हो ।
जितसंगै शीर्ष स्थानको टोटनह्यामले ९ अंक जोडेको छ । जारी लिगमा ४ अंकको चेल्सी दोस्रो स्थानमा छ । ३ अंक सहित सन्डरल्याण्ड तेस्रो तथा समान अंकको लिभरपुल चौथो स्थानमा छ ।