hERO hERO

भारतसंगको टी–२० सिरिजकालागि नेपाली 'ए'टोलीको घोषणा

शनिबार, भदौ ७, २०८२

काठमाडौँ :भारतसंगको टी–२० सिरिजकालागि नेपाली 'ए' टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज साँझ अनिल शाहको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले अगामी बिहिबारदेखि आसाम स्टेटसंग पाँच खेलको टी–२० सिरिज खेल्नेछ । निलम्बन फुकुवापछि पहिलो पटक आदील आलम अन्सारी 'ए' टोलीमा समावेश भएका छन् ।

उनीसंगै आकाश चन्द, कमल सिंह ऐरि, शेर मल्ल, युवराज खत्री,सागर ढकाल , अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डेले पनि 'ए' टोलीमा स्थान बनाएका छन् । यस्तै टोलीमा देव खनाल, सन्दीप जोरा, विवेक यादव, पवन सराफ, बसिर अहमद पनि अटाएका छन् । 

536806667_1221542150002163_4482965978213234426_n-1755957474.jpg


 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्