सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अष्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान शाहीन्ससंग पराजित भएको छ ।
आज भएको आफ्नो अन्तिम खेलमा नेपाल पाकिस्तान शाहीन्ससंग १ रनले पराजित भएको हो । जितकालागि पाकिस्तान शाहीन्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
नेपालकालागि कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ५२ रनको योगदान गरे । दिपेन्द्र सिं ऐरीले ४१ ,आशिफ शेखले २७ तथा लोकेश बमले १० रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
कुशल भुर्तेल ४ तथा गुल्शन झा ३ रनमा समेटिए । कुशल मल्ल २ रनमा आउट हुँदा आरिफ शेख १ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । उसका लागि कप्तान इरफान खानले अविजित रहँदै सर्वाधिक ४२ रनको योगदान गरे ।
अब्दुल समादले २६, मोहम्मद वासिमले २३, यसिर खानले १८ तथा मेहरान मुम्ताजले १० रन जोडे । बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट हात पारे ।