hERO hERO

१४५ रनको लक्ष्य पछ्याएको नेपाललको खराब प्रदर्शन

शुक्रबार, भदौ ६, २०८२

काठमाडौँ :अष्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्सले नेपाललाई १४५ रनको मध्यय लक्ष्य दिएको छ ।

नर्दन टेरिटोरीमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो । उसका लागि कप्तान इरफान खानले अविजित रहँदै सर्वाधिक ४२ रनको योगदान गरे ।

अब्दुल समादले २६, मोहम्मद वासिमले २३, यसिर खानले १८ तथा मेहरान मुम्ताजले १० रन जोडे । बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट हात पारे ।

१४५ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ । यो समाचार तयारपार्दा सम्म नेपालले ४.५ ओभरमा १ विकेट गुमाएर २३ रन मात्र बनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्