hERO hERO

पाकिस्तानविरुद्दको खेलमा नेपालका तीन खेलाडी परिवर्तन

शुक्रबार, भदौ ६, २०८२

काठमाडौँ :अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तान शाहीन्सविरुद्दको खेलकालागि तीन खेलाडी परिवर्तन गरेको छ ।

यसअघि बेञ्चमा बसेका कप्तान रोहित पौडेलसंगै सन्दीप लामीछाने र आशिफ शेख टोलीमा फर्किएका छन् । भीम सार्की ,रुपेश सिं र शाहब आलमलाई आज बेञ्चमा राखिएको छ । नेपाल हालसम्म खेलेका पाँचमध्ये दुई खेलमा विजयी हुँदा तीन खेलमा पराजित भएको छ । ११ टोली सहभागी खेलमा नेपाल तालिकाको ७औँ स्थानमा छ ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । मंगलबार भएको चौथो खेलमा भने नेपालले हुबर्ट हरिकेन्स माथि ६६ रनको फराकिलो जित हात पार्यो भने बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गगर्यो । यो सिरिजपछि नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने तालिका छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्