T10 T10

नेपाल आज भुटानसँग खेल्दै

शुक्रबार, भदौ ६, २०८२
Global

काठमाडौँ :साफ यु- १७ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आज भुटानसँग खेल्दैछ।दुवै टोली पहिलो जितको खोजीमा छन्।

भूटानको चाम्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ।यसअघि नेपाल भारतसँग पराजित भएको थियो भने भुटान बंगलादेशसँग हारको सामना गरिसकेको छ।

नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड–रोबिन प्रारुपमा भइरहेको छ। प्रत्येक टोलीले दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

नेपालले अब आफ्नो दोस्रो खेल अगस्ट २४ मा बंगलादेशसँग, तेस्रो खेल अगस्ट २९ मा भारतसँग र अन्तिम खेल अगस्ट ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्